कुष्टरोगको उच्च जोखिममा बेलबारी


२ जेष्ठ २०७५, बुधबार
kusta

बेलबारी, २ जेठ । मोरङको बेलबारी नगरपालिका कुष्ट रोगको उच्च जोखिममा परेको पाईएको छ ।  बेलबारी नगरपालिकाले सबै घरमा गएर बिरामीको तथ्याक सकलन गरेपछि उच्च जोखिमा रहेको खुलेको हो ।kusta

२७ गते देखी ३१ गते सम्म बिरामीको पहिचान गर्न स्वास्थयकर्मी सहित स्वमसेवकिाहरुको टोलि गाँउ गाँउमा गएर खोजि गरेको थियो । हामी घर घरमा गएर खोज्यौ २ जना नयाँ बिरामी पत्ता लगाएका छौ बेलबारी नगरपािलकाका स्वास्थ्य उपशाखाका सह सयोजक सन्तोष बिकले भने केहि समय देखी उपचार गराउनेको सख्या धेरै रहेको छ ।

१० हजार जनस्ख्यामा १ जना भेटिदा समेत त्यसलाई खतार मानिन्छ उनले भने बेलबारीको जनसख्याको आधार मान्ने हो भने बेलबारी कुष्ठरोगको उच्च जोखीममा रहको छ । ६५ हजार जसख्या रहेको नगरपालिकामा ६ जना उपचाररत रहेका छन । अझै खोजि गरिरहेका छौ बिकले भने अभियानमा मात्रै होईन अन्य सममा पनि खोजि गर्छौ । अझै बिरामीको सख्या बढन सक्ने उनले बताए । अहिले स्वास्थ्य कर्मीसहितको टोलि घर घरमा गएर खोजि गरिरहेको छ ।

कानको लोति बाक्लो हुने, शरिरमा फु्स्रो छाला हुने, छालामा गिर्खा आउने, अनुहारको छाला बाक्लो हुने आंखी भुईका रौंहरु झर्ने लगायतका लक्षण कुष्टरोगको हुने बिकले बताए । रोगिहरुको स्वास्थय सस्थामा निशुल्क उपचार गर्ने गरेको उनले बताए ।मोरङको एक महानगरपालिका सहित २ वटा नगरपालिका उच्च जोखीममा रहेको तथ्याक जिल्ला जनस्वास्थय कार्यालय मोरङ सग रहेका छन । बिराटनगर महानगर सहित बेलबारी नगरपालिका र रगेलि नगरपालिका उच्च जोखीममा रहेको जनाईएको छ ।

बिराटनगर महानगरपालिका र बेलबारी नगरपालिका तथा रंगेली नगरपालिका उच्च जोखिममा रहेको पाईएपछि दुवै स्थानिय तहले कुष्टरोगीको खोजी गर्ने अभियान चलाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७