उत्तर कोरियाले रद्द गर्‍यो दक्षिणसँगको वार्ता, किम फेरि आक्रोशित


२ जेष्ठ २०७५, बुधबार
North and South Korean leaders hold historic summit 8

काठमाडौं, २ जेठ । उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरुलाई उद्गृद गर्दै बीबीसीले जनाएको छ ।

North and South Korean leaders hold historic summit 8
फाइल फोटो

उत्तरले उक्त बैठकको भविष्यबारे सचेत रहन अमेरिकालाई चेतावनी पनि दिएको छ । ट्रम्पले उत्तर कोरियाली नेताले वार्ताका लागि राखेको प्रस्ताव स्वीकार्दै उक्त बैठकलाई विश्व शान्तिको एउटा विशेष क्षण बनाउन प्रयत्न गर्ने बताएका थिए। अमेरिकी विदेशमन्त्री माइक पोम्पे उत्तर कोरिया नै पुगेर नेता किमसँग उक्त बैठकको पूर्व तयारी गरेका थिए ।

उत्तरले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गर्ने आफ्नो धारण परिवर्तन नहुने बताएको छ । अमेरिकाले भने किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तय भएको एतिहासिक शिखर बैठकको तयारी जारी राख्ने बताएको छ ।

उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको ऐतिहासिक वार्तापछि मे १६ मा (आज) बैठक गर्ने सहमति भएको थियो । यस बैठकले किम र मनुबीच भएको सम्झौतालाई विस्तृत छलफल गरी सन् १९५३ मा टुङगिएको कोरियाली युद्धविरामलाई औपचारिक अन्त्य गर्ने सहमति भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७