मकालु जहाज दुर्घटना : हाँस्दै गएका पाइलटले फर्किदा रुवाए सबैलाई (फोटोसहित)


२ जेष्ठ २०७५, बुधबार
pailot

काठमाडौं, २ जेठ । मकालु एयरको जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याई पुर्‍याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरले करीब १ बजे शव लिएर काठमाडौंको उडेको थियो ।pailot

सिम्रिक एयरका सुर्खेत कार्यालयका अनुसार हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवम् एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै काठमाडौं आएका हुन् । पाइलट किरण भण्डारी र को–पाइलट आदित्यनाथ नेपालीको यो अकल्पनीय मृत्युले सारा नेपालीलाई रुवाएको छ । नेपालको दुर्गम जिल्लाको सेवा गर्न हाँस्दै हिंडेका पाइलटद्वय सेतो कपडामा पोको परेर फर्किनु परेको दृष्यले हुम्लाका सर्वसाधरणको आँशु रसाएको थियो । अझै पाइलटद्वयको आफन्तको रुवाबासीले मन अमिलो बनाएको थियो ।pailot 2

आदित्यनाथ फिजुनाथका एक मात्र छोरा थिए । एयर लाइन्स व्यवसायी फिजुनाथ एक्लो छोराले अचानक छोडेर गएपछि भावविह्वल बनेका छन् । शव बोकेको हेलिकोप्टर दिउँसो पौने ३ बजे हेलिकोप्टर शिक्षण अस्पताल महाराजगञ्जमा अवतरण हुने जनाइएको छ । घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएको थियो । सिम्रिक एयरको हेलिकोप्टरमा फिजुनाथसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वरिष्ठ अधिकारी सुर्खेत पुगेका थिए । प्राधिकरणका अधिकारीहरु भने पुनः घटनास्थल फर्किने जनाइएको छ ।pailot 3 1

बुधबार बिहान ६ः१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो । नेपाल प्रहरीका कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहका अनुसार स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एक जना कर्मचारी र दुई जना मेडिकल सदस्य रहेको टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले शव निकाल्न नसकेपछि सिमीकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ । तस्विरहरु : सामाजिक सञ्जालpailot 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७