सन्दीप ‘आईसीसी वर्ल्ड–११’ मा, लर्डसमा वेष्ट इन्डिजविरुद्ध खेल्ने


२ जेष्ठ २०७५, बुधबार
Sandeep Lamichhane

काठमाडौं, २ जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘आईसीसी वल्र्ड–११मा परेका छन् । आईसीसीले आज (बुधबार) सार्वजनिक प्रेस विज्ञप्तिमा जारी गरी सन्दीप परेको जानकारी दिए ।Sandeep Lamichhane
अब सन्दीपल वेष्ट इन्डिजविरुद्ध आगामी मे ३१ तारिखमा इंग्ल्याण्डको लडर्स्मा हुने खेलमा खेल्ने पाउने भएको छ । उनी बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै विश्व ११ टिमबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दीपले मौका पाएका हुन् ।

सन्दीप रहेको विश्व ११ टिमको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् । भने अन्य खेलाडिहरुमा साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन् ।

वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन्। दुवै टोलीको अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।

सन्दिपले आफुलाई आईसीसी-११मा पर्दा आफुलाई खूशी लागेको बताएका छन्। यो नेपाल र नेपाली क्रिेकटका प्रशंसकहरुकालागि गर्वको कुरा हो उनले आईसीसीलाई भनेका छन्।

इण्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो खेल्ने पहिलो नेपाली खेलाडि सन्दीप अहिले चर्चामा छन् । दिल्ली डेयरभिल्सबाट विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध डेब्युमा उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७