त्रिभुवन विमानस्थल एक्कासी बन्द, सबै उडान ठप्प


२ जेष्ठ २०७५, बुधबार
airport 1

काठमाडौं, २ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार एक्कासी बन्द गरिएको । विमानस्थलको रन–वे  पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द गरिएको जनाइएको छ ।

airport 1
फाइल फोटो

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतका लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिएका छन् ।

ठाकुरका अनुसार रनवेको सी र डीको बीचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् । ‘रन वेको पिच उप्किएको छ, जसको अहिले मर्मत हुँदैछ, अब केही समय मर्मतको काम सकिने छ,’ ठाकुरले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७