दुबै पाइलट परिवारका एक्ला छोरा, आँशुले बगायो परिवारको ‘सपना’


२ जेष्ठ २०७५, बुधबार
pailat

काठमाडौ, १ जेठ । हुम्लामा मकालु एयरको विमान दुर्घटनामा ज्यान गुमाएका दुबै पाइलट परिवारका एक्ला छोरा रहेका थिए । परिवारको ठूलो भर बनिरहेका दुबै पाइलटको अप्रत्यासित मृत्युले ललितपुरको कुमारीपाटीस्थित–३ तल्लाको रातो र सेतो कलरको घर आज एकाएक रोदनमय बनेको छ ।pailot

घरको आँगनमा चहल पहल छ, तर, विगतको जस्तो होइन । सबैको आँखा रसाएका छन्, कोही रुवाबासी नै मच्चाइरहेका छन् । यो घर आज विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट किरण भट्टराईको घर हो । आँगनमा प्लाष्टिकको कुर्सीमा राखिएका छन् । कोही बसेका छन्, कोही उभिएका छन्, तर कोही एक–अर्कासँग बोल्न सकिरहेका छैनन् । सबैको मुहार मलिन छ । जहाज हराएको खबर सञ्चारमाध्यममा आएदेखि नै ठूलो पीडामा परेको भट्टराई परिवारमा अहिले छोराको अकल्पनीय मृत्यु बज्र बनेर बज्रिएको छ । क्याप्टेन किरणका नजिकका साथी ज्योति विष्ट किरणको मृत्यु अपत्यारिलो लागिरहेको बताउँछन् ।pailot 2

किरणले पाइलट जीवनको २० वर्ष बिताइसकेको जानकारी दिंदै उनले भने, ‘उनको मृत्युले सबैलाई स्तव्ध बनायो । किरणको मुत्युपछि उनको परिवार झनै एक्लो बनेको छ । किरण परिवारको एक्लो छोरा हुन् । उनको एक जना बहिनी छिन् । केही वर्ष पहिला उनका बाबा–आमा दुबैको मुत्यु भइसकेको छ । उनको परिवार वि.सं. २०२२ सालमा जलेश्वरबाट ललितपुर आएका थिए । उनको परिवारमा श्रीमतीसहित १६ र १७ वर्षका दुई छोरा छन् । pailot 1

साथीभाइसँग समेत उस्तै मिलनसार किरणले अमेरिकाको टेक्सासबाट पाइलट अध्ययन सकेका थिए । यहि विमान दुर्घटनामा ज्यान गुमाएका को–पाइलट आदित्यनाथ नेपाली पनि परिवारका एक्ला छोरा हुन् । उनको मृत्युले परिवारका ठूलो बज्र परेको छ । एयरलाइन्सका मालिक फिजुनाथ नेपालीका छोरा हुन् आदित्यनाथ । उनको शव लिन बुबा फिजुनाथ नै आज घटनास्थल पुगेका थिए । उनीहरुको शव सिम्रिक एयरको हेलिकोप्टर काठमाडौं ल्याएको छ । पाइलट किरण भण्डारी र को–पाइलट आदित्यनाथ नेपालीको यो अकल्पनीय मृत्युले सारा नेपालीलाई रुवाएको छ । नेपालको दुर्गम जिल्लाको सेवा गर्न हाँस्दै हिंडेका पाइलटद्वय सेतो कपडामा पोको परेर फर्किनु परेको दृष्यले हुम्लाका सर्वसाधरणको आँशु रसाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७