शक्तिशाली डीएसपीका कारण एसपी बढुवा रोकियो


२ जेष्ठ २०७५, बुधबार
police 2

काठमाडौं, २ जेठ । २ दिनअघि हुने भनिएको नेपाल प्रहरीमा रिक्त २८ एसपीको बढुवा प्रक्रियामा बिलम्ब भएको छ । सोमबारै सानुराम भट्टराई लगायत केही डीएसपीकै कारण बढुवामा ढिलाइ हुन पुगेको स्रोतले बताएको छ ।

police 2
भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट भट्टराई र गृहमन्त्री रामबहादुर थापाका निकटस्थ केही बीचौलियाले कृष्णबहादुर पल्ली मगरहरुको नाममा अडान लिएका कारण बढुवामा बिलम्ब हुन पुगेको छ ।

२०६७ पुस २३ मा डीएसपी बढुवा भएका ५४ मध्ये ६ जना अवकाश भइसकेका छन् भने केही अवकाशको मुखमा छन् । यो समूहका डीएसपीहरुमा गंगा पन्त, सविन प्रधान, विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, दीपकराज खरेल, शेखर खनाल, दीपशमशेर जबरा, भूपेन्द्रबहादुर खत्री, रमेशकुमार बस्नेत, प्रवीण पोखरेल, अभिनारायण काफ्ले,आभूषण तिम्सिना, ओमप्रसाद अधिकारी, बेलबहादुर पाण्डे, वसन्त रजौरे, श्यामकृष्ण अधिकारी छन् ।

त्यसैगरी यसै समूहबाट एसपी बढुवा हुने डीएसपीहरुमा केदार खनाल, विश्वमणि पोखरेल, मुकुन्द मरासिनी, रामप्रकाश साह, भीमबहादुर दाहाल, दिनेशराज मैनाली, सानुराम भट्टराई, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, तलबहादुर कार्की, रविन्द्र रेग्मी, वीरबहादुर ओली, प्रज्वल महर्जन, अच्यूत पुडासैनी, नवीन राई, राजीव बस्नेत, कृष्ण पल्ली मगर, रविकुमार पौडेल, विनोद सिलवाल, विमल कँडेल, नान्तीराज गुरुङ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७