सुजुकीको तेस्रो पुस्ताको कार बजारमा, सय जनालाई ‘स्पेस प्याक’


२ जेष्ठ २०७५, बुधबार
sujuki

काठमाडौं, २ जेठ । सुजुकी कारको अधिकृत आयातकर्ता सिजी मोटोकर्पले नेपाली बजारमा तेस्रो पुस्ता सुजुकी स्विफ्ट भित्रयाउने भएको छ । कम्पनीले जेठ अन्तिमसम्म यो शानदार सुजुकी गाडी बजारमा ल्याउने भएको हो । उपभोक्ताका लागि सोमबारबाट प्रि–बुकिङ शुरु गरिएको छ ।sujuki

प्रत्येक मिनेटमा एउटा स्विफ्ट बुकिङ भइरहेको भारतीय सञ्चार माध्यमले लेखो छन् । तर, उत्पादन संख्या कम भएका कारण बुकिङ गर्ने उपभोक्तालाई ३–४ महिनासम्म कुर्नुपर्ने वाध्यता छ । नेपालमा चाहिँ उपभोक्तालाई लामो समय नकुराउन पहिले नै बुकिङ थालिएको कम्पनी स्रोतले जनाएको छ ।

‘कार सार्वजनिक गर्नुअघि जति संख्यामा बुकिङ हुन्छ, ती सबैलाई पहिलो प्राथमिकतामा राखेर हस्तान्तरण गर्नेछौँ,’ कम्पनी भन्यो, ‘यसबाट कार खरिद गर्न चाहने उपभोक्ताको ट्रेन्ड पनि थाहा हुन्छ र आवश्यकताका आधारमा कार अर्डर गरेर बजार मागलाई सम्बोधन गर्नेछौं ।’ कारको बजार माग कति हुन्छ र कस्तो अवस्थामा रहन्छ भन्ने कुराको मूल्यांकन गर्न प्रि–बुकिङ खुलाएको कम्पनीका एक कर्मचारी बताउँछन् । प्रि–बुकिङ गर्ने शुरुका एक सय उपभोक्तालाई खरिदमा ‘स्पेस प्याकेज’ समेत उपलब्ध गराइएको छ ।

सुजुकी किन शानदार ?

नयाँ स्विफ्टमा विभिन्न अवार्ड जितेको के १२ इन्जिन प्रयोग गरिएको छ । यसले बढी माइलेज र बढी पावर दिन सक्ने सामथ्र्य राख्छ । ‘अन्य ब्रान्डका कारले माइलेज र पावरमध्ये एउटा बढी र एउटा घटी भएर पर्फमेन्स दिन्छन, तर सुजुकीका कारले बढी माइलेज र बढी पावर दिने सामथ्र्य राख्छन्,’ कम्पनी स्रोतले भन्यो । कारले ६१ किलोवाट पावर र २२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

स्विफ्ट स्पोर्टी लुक्सका कारण उपभोक्ताको रोजाइमा पर्दै आएको छ । यसलाई थप आक्रामक बनाउन पूर्ण रूपले नयाँ डिजाइन दिइएको छ । सुजुकीको सेडान कार डिजायरमा प्रयोग भएको ठूलो ग्रिल र बम्परको डिजाइन नयाँ स्विफ्टमा देख्न सकिन्छ । यसमा हर्टटेक प्रविधिको सुरक्षित र बलियो च्यासिस् प्रयोग गरिएको छ, जसले गाडीलाई नियन्त्रण कायम गरेर दौडाउन मद्दत गर्छ ।

स्विफ्टको पहिलो भर्सन सन् २००४ मा नेपाल भित्रिएको हो । त्यतिबेला प्यासेन्जर ह्याचब्याक सिरिजमा स्पोर्टी लुक्स दिने स्विफ्ट मात्र थियो । जसकारण छोटो समयमा अत्यधिक लोकप्रिय भयो र अहिलेसम्म उपभोक्ताले मन पराइरहेका छन् । यसको दोस्रो संस्करणस्वरूप फेस लिफ्ट भर्सन सन् २०१२ मा भित्रिएको थियो । ६ वर्षसम्म ह्याचब्याक बजारमा निरन्तर लोकप्रिय भएपछि कम्पनीले तेस्रो जेनेरेसन ल्याउन लागेको हो ।

नेपालको ह्याचब्याक बजारमा धेरै बिक्री हुने तेस्रो कारका रूपमा स्विफ्टले आफ्नो स्थान ओगटेको अधिकृत आयातकर्ता सिजी मोटोकर्पको दाबी छ । आफूलाई अलग देखाउने र ह्याचब्याकमा पनि राम्रो कार चढ्न खोज्नेले स्विफ्ट रोज्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले प्रतिस्पर्धी बजार मूल्य तोकेर नयाँ स्विफ्ट उतार्ने योजना बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७