साढे दुई करोड बढी नक्कली रुपैयाँ छाप्ने ६ पक्राउ, छाप्ने मेशिन बागबजारमै भेटियाे


२ जेष्ठ २०७५, बुधबार
nagali paisa

काठमाडौँ , २ जेठ । प्रहरीले  दुई करोड ६० लाख ८६ हजार रूपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।nagali paisaनक्कली नाेट सार्वजनिक गर्दे प्रहरी ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । उनीहरूलार्इ काठमाडौंको नक्शालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलार्इ  परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।

नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बताएकाे छ । यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७