अख्तियारको निर्देशनमा एसपीको सरुवा रद्द


२ जेष्ठ २०७५, बुधबार
ciaa

काठमाडौं, २ जेठ । अख्तियार दुरुपयोगअनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको सरुवा गर्दा सहमति लिने प्रचलन विपरीत २०७५ बैशाख २३ मा प्रहरी प्रधान कार्यालयले ७९ एसपीको सरुवा गरेको थियो ।

ciaa
अख्तियारमा प्रहरी अधिकृतलाई अनुसन्धान अधिकृत तोकिएको हुन्छ । अनुसन्धान अधिकृत तोकिएपछि काम पूरा नहुँदै सरुवा गरेपछि छानबिन प्रभावित हुन पुग्ने भएकाले प्रहरी प्रधान कार्यालयले आयोगको सहमति लिएर मात्र गर्दैआएको थियो । तर नयाँ आइजीपी सर्वेन्द्र खनाल आएपछि भएको एसपीको सरुवामा कर्मचारी प्रशासन शाखाले अख्तियारसँग सहमति नलिई आयोगमा कार्यरत एसपीहरुको सरुवा गरिएको थियो । आयोगसँग सहमति नलिई सर्लाहीमा सरुवा गरिएका एसपी हृदय थापाको सरुवा रोकिन पुगेको छ ।

सर्लाहीमा प्रहरी प्रधान कार्यालयले अर्कै एसपीलाई पठाउँदैछ । एसपीको सरुवामा आयोगसँग सहमति नलिएकोबारेमा कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेले आइजीपी खनाललाई आगामी दिनमा त्यस्तो नगर्न निर्देशन दिएको अख्तियार स्रोतले बताएको छ । एसपी सरुवामा आयोगको सहमति नलिई सरुवा गरेका आइजीपी खनालले बैशाख २८ मा गरेको ४५ डीएसपी सरुवामा अख्तियारका कसैलाई सरुवा गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७