‘लुट’ फिल्मका निर्माता साढे २ करोड नक्कली नोटसहित पक्राउ


२ जेष्ठ २०७५, बुधबार
Nakkali note नक्कलि नाेट money

काठमाडौं २ वैशाख । नेपाली फिल्म निर्माता तथा वितरण माधव वाक्लेसहित ६ जना २ करोड ६० लाख ६८ हजार नक्कली नेपाली नोटसहित पक्राउ परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकाश नापितलाई पक्राउ गरेका छन् ।

madhav wagle
निर्माता तथा वितरण माधव वाकले

वाग्ले बाहेक ५ जनाको बारेमा खुलिनसकेको प्रहरीले बताएका छन् । प्रहरीले तीन दिनभित्र प्रहरीले उनीहरूलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको हो ।

प्रिनसेस मुभिज प्रालिका सञ्चालक समेत रहेका वाग्ले प्रहरीले उनकै कोठाबाट २ करोड ५२ लाख नक्कली नोट बरामद गरेको हो । वाग्ले काठमाडौं महानगरपालिका १ चारढुङ्गेमा भाडामा बस्दै आएका छन् । लुट, लुट–२, छड्के, रेशम फिलिली जस्ता फिल्म निर्माता हुन् वाग्ले । उनीहरूलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएका छन् ।

प्रहरीले उनहिरुसहित नक्कली नोट छाप्ने मेसिन पनि बागबजारमा भेटिएको छ । यस्ता नक्कली नोट उनीहरुले होटल, रेस्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्दै आएको स्रोतले बतायो ।

nagali paisaबरामद गरिएकाे नक्कली नाेट सार्वजनिक गर्दे प्रहरी ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७