नर्सहरुको न्यूनतम पारिश्रमिक तोक्दै सरकार


३ जेष्ठ २०७५, बिहीबार
nurse

काठमाडौं, ३ जेठ । सरकारले नर्सहरुको न्यूनतम पारिश्रमिक तोक्नका लागि आवश्यक तयारी गरिरहेको छ । आगामी साउनदेखि सम्पूर्ण श्रमिकहरुको तलब बढाउनुका साथै बैंक खातामार्फत दिइनुपर्ने बाध्यकारी नियम ल्याउन सरकार लागिपरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले उक्त नियम लागू गर्न गृहकार्य भइरहेको जानकारी गराएका छन् । nurse

उनले लाखौं तिरेर नर्सिङ पढेकाहरुले समेत मानवोचित जीवन बाँच्न पाउने पारिश्रमिक नपाएको भन्दै न्युनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताएका छन् । उनले भने, ‘लाखौं तिरेर नर्सिङ पढेकाहरुले पनि निकै कम पारिश्रमिक पाउने र सित्तैमा समेत काम गर्नुपर्ने अवस्था रहेछ । सम्भवतः साउनपछि त्यस्तो हुँदैन ।’

पारिश्रमिक अनिवार्य रुपमा बैंक खातामार्फत् भुक्तानी गर्ने व्यवस्था समेत गर्न लागिएको उनी बताउँछन् । रोजगारीमा रहेको परनिर्भरता घटाउनका लागि नेपालमै श्रम गर्नेहरुलाई बाँच्ने ज्याला जरुरी रहेको भन्दै पारिश्रमिक बढाउने तयारी गरिएको उनले बताए । उनले भने, ‘नेपालमै श्रम गर्न चाहनेहरुका लागि उचित पारिश्रमिक छैन । साउन १ गतेदेखि मानवोचित जीवन बाँच्न सक्ने गरी पारिश्रमिक बढाइन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७