सलमानको फिल्ममा दिशाको इन्ट्री, श्रद्धा आउट


३ जेष्ठ २०७५, बिहीबार
salman and disa

काठमाडौं, ३ जेठ (एजेन्सी) । सलमान खान र प्रियंका चोपडा स्टारर फिल्म ‘भारत’मा दिशा पटानीले इन्ट्री मारेकी छिन् । ‘बागी २’ सफल भएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा सिमित रहेकी उनलाई ठूला व्यानरहरुले आँखा लगाउन थालेका छन् ।salman and disa

अहिले सलमान खानको फिल्ममा मौका पाउनु भनेको कुनै पनि अभिनेत्रीका लागि सबैभन्दा ठूलो अवसर हो । त्यसैले दिशा मख्ख छिन् ।

यसअघि श्रद्धा कपुरको नाम चर्चामा रहेको पनि उनले तर, सलमानले श्रद्धाको ठाउँमा दिशालाई छनोट गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन ।

‘भारत’ सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यसमा भारतको ७० वर्षको इतिहास संक्षेपमा समेटिनेछ । भारत–पाकिस्तानको भागबण्डामा मुल कथा बुनिएको छ । फिल्मको सुटिङ पाकिस्तानको सिमानाभित्र पनि हुनेछ । निर्देशक अली अब्बास जफर अहिले बोर्डरमा लोकेसनको खोजीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७