आयल निगम अगाडि नेविसंघको प्रदर्शन, इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग


४ जेष्ठ २०७५, शुक्रबार
nebisangh

काठमाडौं, ४ जेठ । कांग्रेस निकट विद्यार्र्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै अहिले नेपाल आयल निगमको कार्यालय बबरमहल अगाडि प्रदर्शन गरिरहेको छ ।nebisangh

नेविसंघका विद्यार्थीहरुले आम नागरिकको दैनिक जीवनमा असर पर्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । चर्का नारासहित प्रदर्शनमा उत्रिएको नेविसंघले सरकारको प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा समेत माग गरेका छन् । आयोल निगमले दुई दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुई रुपैंयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँच रुपैंयाँले बढाइएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ८३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मुल्य भने बढेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७