लाहुरे र बिपुलकाे अन्तराष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य, गर्देछन् ‘टुबोर्ग ओपन’


४ जेष्ठ २०७५, शुक्रबार
masthead 3x8 24cc

काठमाडौं, ४ जेठ । डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापश्चात ‘टुबोर्ग ओपन’ आयोजनाको घोषणा गरेको छ ।

masthead 3x8 24cc
जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका चर्चित कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’ को सहकार्यमा नयाँ साँगीतिक ट्रयाकहरु बनाउने भएको छ । टुबोर्ग ओपनले अभियानको दोस्रो वर्षमा फेरि एक पटक उत्कृष्ट संगीतकारहरुसँग समन्वय गरी केही विशेष रचना गर्दैछ ।

एउटै विश्वव्यापी सन्देश भएको विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय सँस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ गाउने छन् । टुबोर्गको एशिया र युरोपभरको प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन पे्रेरित गर्नेछन् । जसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ सँग फेरि आएका छन् । उनीहरु मिली ‘स्टे ओपन’ नामक ट्रयाक रचना गरेका छन् । जसमा विश्वभरका कलाकारहरुलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरी पुनर्लेखन गर्ने निम्तो गरिएको छ ।

डिजे तथा गायक ‘इभान डोर्न’ रसियासँग काम गर्दैछन् भने भारतसँग ‘विशाल डढलानी’ संलग्न भएका छन् । जसको साँगीतिक प्रभाव बलिउडदेखि इन्डिरकसम्म फैलिएको छ । नेपालमा दुई जना लोकप्रिय स्थानीय कलाकारहरुसँग सहकार्य गरिने छ ।

लोकप्रिय नेपाली नेपाली र्‍यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्री’, जो उनको समकालीन लोक संगीतका लागि चिनिन्छन् । गायक–गीतकार ‘लेभान्टे’ ले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बुल्गेरिया र म्यानमारका बजारहरुबाट अन्य कलाकारहरु निश्चित हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

यस वर्षको अभियानबारे जानकारी दिंदै डिप्लोले भने, ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुन पाउँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामी माझ ‘ओपन टु मोर’ हुने विचारका साथ आएको थियो र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थिथौं । मानिसहरु धेरै अवस्थामा अन्तरमुखी स्वभावका हुन्छन् । यो ट्रयाक नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोंच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।’

उनले थपे, ‘यस ट्रयाक यस अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरु खुल्ला सोच हुनुपर्ने विचारलाई आफ्नो तरिकामा ढाल्न र आफ्नो धारणाहरु थप गर्ने सोच लिएर आईरहनु भएको छ । जुन यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।’ डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् । ‘मेरा लागि तयार गरिने अन्तिम साँगीतिक ट्रयाकको यात्रा नै उत्कृष्ट रहेको छ ।

नयाँ चल्तीहरुको बारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काँही राम्रोसँग मिल्न जान्छ । मलाई यस प्रक्रियामा सिकिने अनुभव गर्न सकिने तथा शुरुमा आफूसँग भएको ट्रयाक पूर्णरुपले फरक देखिने पक्ष मन परेको छ र म निकै उत्साहित छु’, उनले भने ।

आफ्नो उत्सुकता व्यक्त गर्दै लाउरेले भने, ‘टुवोर्गले सधैं नेपालमा साँगीतिक सहकार्य र
कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग धेरै स्थानीय कार्यक्रमहरुमा काम गरेको छु । यस पटक टुबोर्ग ओपनले विश्वभरको संगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेशनलसँग केही नयाँ रचना गर्दैछौं’, उनले थपे ।

बिपुल थप्छन्, ‘टुबोर्ग नेपाल संगीत र साँगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरेसँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरा लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ ।

मेरा लागि टुबोर्ग ओपन कोलाब्रेसन्, सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग सहकार्य गर्न पायांै र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।’

उक्त विश्वव्यापी ट्रयाक ११ मे २०१८ मा रिलिज भएको थियो । स्थानीय ट्र«याकहरु भने जुनमा रिलिज हुनेछन् । जसमा विश्वव्यापी र स्थानीय कलाकारहरुको आफू ‘ओपन टु मोर’ भएको यात्राको कथा हुनेछ । यस अभियान अन–प्याड र डिजिटलका साथ चल्ने छ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरुको साथ लाइभ साँगीतिक कार्यक्रम गरी अभियान समापन गरिने छ ।

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर, बैभब शर्मा भन्छन्, ‘हामी टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र ‘मो’ लाई यहाँका स्थानीय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्री’ सँग टुबोर्ग ओपन गानामा सहकार्यका लागि घोषणा गर्न पाउँदा निकै उत्साहित छौं । यो हाम्रा कलाकारहरुका लागि ठूलो अवसर हो । टुबोर्ग नेपालका लागि यो सहकार्य निकै अविस्मरणीय रहने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७