नेकपा अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी


४ जेष्ठ २०७५, शुक्रबार
1526631731jankari final

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका छन् ।1526631731jankari final

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका हुन् ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने–‘अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।’

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमासमेत उपचारमा जान सुझाव दिएका छन् । ‘सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौं, भएन भने विदेशका अस्पतालमासमेत उपचार गर्नुपर्ने हुनसक्छ’–अध्यक्ष दाहालले भने । चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७