हरि रिमाल र कान्छिमाया कोजूलाई कान्तिपुर हाफ म्याराथनको उपाधि


५ जेष्ठ २०७५, शनिबार
hari rimal kanchhi maya kuju
hari n kanchi
पुरुष तर्फको उपाधि जितेकाे हरी रिमाल

काठमाडौँ, ५ जेठ । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन् ।

पुरुष तर्फको उपाधि नेपाली सेनाका रिमालले जितेका हुन् भने महिला तर्फ सशस्त्र प्रहरीकी कोजूले जितिन् । दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन् ।

आठौं कान्तिपुर रनर हाफ म्याराथनमा कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट दौड सुरु भएको थियो। त्यसपछि माइतीघर, नयाँ बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर यसै रुटमा फर्केर थापाथलीमै प्रतिस्पर्धा टुंगिएको थियो  ।

kanchhi maya kuju
कान्छिमाया कोजू

महिला तर्फ दोस्रो सन्तोसी श्रेष्ठ भइन् भने तेस्रो सशस्त्र प्रहरीकी बृन्दा श्रेष्ठ भइन्। यस्तै पुरुष तर्फ दोस्रो होमलाल श्रेष्ठ भए भने गजेन्द्र राई तेस्रो बने। ह्विलचियर तर्फको विजेता रामबहादुर तामाङ भए भने दोस्रो प्रेम विक भए।

उपविजेताले ३०–३० हजार र तेस्रोले २०–२० हजार पाउने छन् । चौथोले १०–१० हजार, पाँचौंले ५–५ हजार र छैटौं हुनेले ३–३ हजार प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७