प्रहरी हवल्दार विष्ट ‘पुलिस अफ द मन्थ’ घोषित


६ जेष्ठ २०७५, आईतवार
police haldat

मोरङ, ६ जेठ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी हवल्दार भक्तबहादुर विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

police haldat
पुरस्कृत प्रहरी हवल्दार भक्तबहादुर विष्ट । तस्विर : फेसबुक

प्रदेश नम्बर–१ प्रहरी कार्यालयले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै विष्टलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको छ । उनले मोरङमा भएका कर्तव्य ज्यान, गोली प्रहार, लुटपाट, चोरी जस्ता जघन्य प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘उहाँले गोप्य सूचना संकलन गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरता एवम् अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिलोस् यो सम्मान दिइएको हो ।’

‘विभिन्न प्रलोभनमा पारी सर्वसाधरणलाई ठगी तथा बैकिङ कसुरमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने र लागूऔषध ओसार–पसार तथा भन्सार चोरी पैठारीका समानहरु बरामद गरी कार्बाही गर्ने कार्य पनि उनले उत्कृष्ट कार्य गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७