यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर जोयस तादियो


७ कार्तिक २०७४, मंगलवार
joyce tadeo hottest draver 4

मनिला(एजेन्सी) : फिलिपिन्सकी जोयस तादिओ पुरुष साथीले चालक बन्ने सुझाबपछि टक्सीचालक बनिन् । उनको साथिको कमाइका कारण उनी यस क्षेत्रमा आकर्षित भइन् । लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गरेकी उनी रातदिनको दौडले उनलाई भ्याइनभ्याई भयो । फुर्सदै नमिले पनि उनको जीवनशैली नै अस्तव्यस्त हुनथाल्यो ।

joyce tadeo hottest draver 4

मनोविज्ञानमा स्नातक गरेकी उनले करिअर परिवर्तन गर्ने निधो गरिन् । उनको करिअरले युटर्न मोड लियो । अन्ततः उनले पार्ट टाइम ट्याक्सीचालक बनिन् । बाँकी समय भने फेसन डिजाइनरको कक्षा लिन्छिन् ।

पुरुषहरूको बाहुल्यता रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू पनि प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायतका माध्यमहरूमा सेयर गर्न थाले र उनी रातारात फिलिपिन्सकी सेलिब्रेटी बनेकी छिन् । उनलाई अहिले विश्वकै सर्वाधिक हट उबर ट्याक्सीचालक बताइन्छ । अहिले नियमित यात्रु उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् ।

उबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् । दैनिक १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन्, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । यस क्षेत्रमा मेरो प्रवेशले उनीहरू आश्चर्यचकित बनेका छन् ।’ उनले ट्याक्सी चलाउन थालेको पनि ८ महिना भइसक्यो । यस अवधिमा उनले धेरै प्रकारका मानिससँग छोटो संगत गर्ने मौका पाएकी छिन् ।

दिनहुँ उनका प्रशंसक बढेका छन् । आफ्ना अधिकांश यात्रु नै आफ्ना प्रशंसक बनेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मलाई धेरैले माया गर्नुहुन्छ । मलाई माया गरेको र धेरैजनाको मप्रति आकर्षण बढेकोमा असाध्यै खुसी छु’ उनी भन्छिन् । उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ‘यात्रुसँग तस्बिर खिचाउन पाउँदा निकै आनन्द लाग्छ । उनीहरूको सम्मानले मन फुरुंग हुन्छ,’ उनी थप्छिन् ।

ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । तर, पहिलो चिनजानमै उनी फोन दिन्नन् । भन्छिन्, ‘म केवल हाँसेर टारिदिन्छु । म कसैसँग पनि डेटिङ गएकी छैन, किनकि चालक र यात्रुबारेमा कडा नियम छ ।’ उनी प्रायः सबै यात्रुसँग दिल खोलेर बोल्ने गर्छिन् । सडकमा ट्राफिक जाम हुँदा यात्रुसँग हल्का गफ गरेर समय बिताउँछु, उनी भन्छिन् । उनी सामान्यतया बोनिफासियो जिल्लामा कार चलाउँछिन्, तर आवश्यक पर्‍यो भने अन्य स्थानमा पनि जान्छिन् ।

सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘यात्रुहरूले पनि मैले नै सेवा गरेहुन्थ्यो भन्ने चाहन्छन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छु ।’ ट्याक्सी चलाउने क्रममा उनले केही डरलाग्दा अनुभव पनि भोगेकी छिन् ।‘ म होटेल र रेस्टुरेन्टबाट केही जोडीलाई लामो दूरीसम्म यात्रा गराउँछु । तर, उनीहरू ट्याक्सीभित्रै आपत्तिजनक व्यवहार देखाउँछन् । त्यस्ता यात्रु सकेसम्म नचढेकै राम्रो,’ उनी भन्छिन् ।

उनी यात्रुसँग ठट्टा पनि गर्छिन् । ‘मलाई ठट्टा गर्न मन लाग्छ । यात्रुहरूसँग प्रायः रमाइला गफ गर्छु । म २४सै घन्टा ट्याक्सी चलाउन पनि सक्छु ।

फिलिपिन्समा सरकारले लागुपदार्थ विरोधी अभियानलाई तीव्र पारिरहेका वेला केही तस्करहरूले ट्याक्सीचालकहरूलाई पनि नाजायज प्रभाव पार्न खोजेको उनको भनाइ छ ।

joyce tadeo hottest draver 1 joyce tadeo hottest draver 1 joyce tadeo hottest draver 2 joyce tadeo hottest draver 5 joyce tadeo hottest draver 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७