नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता अायाेजनन हुने


६ जेष्ठ २०७५, आईतवार
nepali khana food

काठमाडौँ, ६ जेठ । स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ ।सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ ।nepali khana food

जेठ १५ देखि असार ३० गतेसम्म नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खाना र चाइनिज खाना बनाउन प्रतिष्पर्धा गराइनेछ ।

सहभागी विद्यार्थीलाई शनिबार युनिक्याम्पस पुतलीसडकमा तालीमसमेत प्रदान गरिएको स्नेहा ट्राभल मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले जानकारी दिए । ‘नेपालका विभिन्न कलेजमा पढ्ने विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरेका हौँ’, उनले भने ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र किचन सेट, दोस्रोलाई रु ३० हजार र किचन सेट र तेस्रोलाई रु १५ हजार र किचन सेट प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७