राजकुमार ह्यारीको विहेमा प्रियंका चोपडा, प्रियंकाको चर्चा चुलिंदो


६ जेष्ठ २०७५, आईतवार
priyanka

काठमाडौं, ६ जेठ । हलिउड सिरियल क्वांटीको बाट चर्चा कमाएकी बलिउड नायिका प्रियंका चोपडा बेलायती राजकुमार प्रिन्स ह्यारी र मेघन मार्कलको ऐतिहासिक बिवाहमा सरिक हुँदैछिन् ।priyanka

बलिउडसँगै हलिउडमा समेत काम गरेर चर्चा कमाएकी नायिका प्रियंका चोपडाको मित्रता हलिउडदेखि राज खानदानसँग पनि बढेको देखिएको छ । बेलायतका राजकुमारको बिवाहमा प्रियंकालाई कसरी निम्तो आयो होला भन्ने जिज्ञासा हुन सक्छ । वास्तवमा प्रियंका र मार्कल मिल्ने साथी हुन् । अमेरिकामा नै हुँदा एक इभेन्टमा मार्कलसँग प्रियंकाको भेटघाट भएको थियो त्यसपछि यी दुईबीच गहिरो मित्रता बढेको थियो ।

सन् २०१६ बाट शुरु भएको उनीहरुको मित्रताको कारण पनि उनले राजकीय बिवाहको साक्षी बन्ने मौका पाएकी छिन् । त्यसो त प्रियंकाले क्वांटीकोमा काम गर्दा मेघन मार्कलले धेरै पटक प्रियंकाको अन्तरवार्ता समेत लिएकी थिइन् । प्रियंका उनीहरुको बिवाहमा सरिक हुन लण्डन पुगिसकेकी छिन् ।

विश्वको नै ध्यान खिचिरहेको बेलायती राजघरानाकोे विवाहमा सरिक हुन पाउने एक मात्र भाग्यशाली बनेकी छन् प्रियंका जसको कारण झन् उनको चर्चा बलिउडम चुलिंदो छ । उनले सामाजिक सञ्जालमार्फत मार्कलका साथीहरु रमाईलो गर्दे गर्दाको तस्बिर सार्वजनिक गरेकीछिन् । राज परिवारको बिवाहमा सरिक हुने भएपछि प्रियंकाको बलिउडमा खुबै चर्चा भईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७