४० देशका कम्युनिष्ट काठमाडौंमा, वाम एकताबारे अनुसन्धान गर्ने


६ जेष्ठ २०७५, आईतवार
com

प्रबिन कुलुङ राई

काठमाडौं, ६ जेठ । विश्वका युवा कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यका साथ ४० देशका कम्युनिष्ट अगुवा काठमाडौं आईपुगेका छन् ।

com
विश्व प्रजातान्त्रिक युवा संघका पदाधिकारीसँग अखिल अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य नविना लामा र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन ।

विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी लिन काठमाडौं आएको अनेरास्ववियुकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य नविना लामाले जानकारी दिइन् । विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु सदस्य रहेका छन् ।

आउँदो जेठ २२ गते आयोजना हुने युवा सम्मेलनको व्यवस्थापन अनेरास्ववियुले गरिरहेको पनि अध्यक्ष लामाले जानकारी दिइन् । राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा लागि भोलि (सोमबार) पत्रकार सम्मेलन आयोजनाको तयारी भइरहेको पनि अध्यक्ष लामाले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ ।w

बेलायत, रसिया, कोरिया, श्रीलङ्का, दक्षिण अफ्रिकालगायत विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरुको नेतृत्व संघका अध्यक्ष निकोलसले गरिरहेका छन् । संघले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको विषयमा समेत विभिन्न जानकारी लिने अखिल अध्यक्ष नविना लामा बताउँछिन् ।

यो भन्दा अगाडी रसियामा भ्लादमिर पुटिनले युवा कम्युनिष्टको उद्घाट्न गरेको र बिश्वाको युवाहरूले छलफल गरेको थियो । । संघले विश्वको कम्युनिष्ट राजनीतिक इतिहासहरुको समेत अध्ययन अनुसन्धानको काम गर्दै आइरहेको जानकारी दिंदै अखिल अध्यक्ष लामा भन्छिन्, ‘उहाँहरुले नेपालको कम्युनिष्ट इतिहास, नेपालको हतियार संघर्ष र अहिलेको वाम एकताका बारेमा धेरै जिज्ञासा राख्न खोजिरहनु भएको छ ।’ तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट उनीहरु चकित समेत रहेको जानकारी दिंदै लामा भन्छिन्, ‘यो एकता कसरी सम्भव भन्ने कुरा पनि उहाँहरुको जिज्ञासाको विषय बनिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७