‘एलियन’ आश्मामा दुई करोड आँखा


६ जेष्ठ २०७५, आईतवार
Capture 1

काठमाडौं, ६ जेठ । चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि रानी आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेञ्ज भिडियो युट्युबमा चर्चित बनेको छ । यो भिडियोलाई ६ हप्तामा दुई करोडभन्दा बढी आँखा लगाइएको छ ।Capture 1

भिडियोमा आश्माले एलियन डान्स दुरुस्तै गरेकी छिन् । उनलाई विश्वभरीका दर्शकहरुको सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । अहिलेसम्म ७ हजारभन्दा बढी कमेन्ट आइसकेको छ । धेरैले अहिलेसम्म हेरेको यो च्यालेन्जको सबैभन्दा राम्रो डान्स भनेर प्रतिक्रिया दिएका छन् ।

‘यसले प्रमाणित गर्छ कि मानिसले जे कुरा पनि एलियनभन्दा राम्रो गर्न सक्छन’, द वल्र्ड नामबाट पोष्ट भएको कमेन्टमा लेखिएको छ । मोहम्मद मेमोन नामका व्यक्तिले यो भिडियो हेरेर आफूले नेपाललाई माया गर्न थालेको बताएका छन् । ेपालबाट अपलोड भएकोमध्ये सबैभन्दा बढी हेरिएको भिडियो २ रुपैयाँ फिल्मको ‘कुटुमा कुटु’ गीतलाई मानिन्छ । यो गीतको भिडियो ६ करोडपटक हेरिसकिएको छ । यदि आश्माको भिडियोले आफ्नो रफ्तार कायम राख्यो भने कुटुमा कुटुलाई चुनौती दिने देखिएको छ ।

डामे तु कोसिता अर्थात त्यो सानो चिज

‘डामे तु कोसिता’ एउटा स्पेनिस गीत हो जुन आजभन्दा २० वर्ष अगाडि नै रेकर्ड भएको थियो । पानामाका कलाकार एल चोम्बोले यो गीत गाएका हुन् । डामे तु कोसिताको अर्थ हुन्छ, ‘मलाई त्यो सानो चिज देउ’ । ‘सानो चिज’ भन्नाले गोप्य अङ्गलाई संकेत गरिएको हो ।

सन् २०१५ मा यो गीतमा एलियनले डान्स गरेको भिडियो यूट्युबमा आएको थियो । त्यसको तीन वर्षपछि अर्को सुधारिएको ग्राफिक्स भर्सन आयो जुन भाइरल भइरहेको छ । यो भिडियो एक महिनाभित्रै २० करोडभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७