चलचित्र निर्माता वाग्लेबाट बरामद नोट जाली, कार्वाही अघि बढाउन राष्ट्र बैंकको निर्देशन


६ जेष्ठ २०७५, आईतवार
wagle

काठमाडौं, ६ जेठ । चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको साढे २ करोड रुपैयाँ बराबरको नोट जाली भएको पुष्टि भएको छ ।wagle

नेपाल राष्ट्र बैंकले वाग्लेबाट बरामद नोट जाली भएको पुष्टि गर्दै कार्वाहीका लागि निर्देशन दिएको छ । बरामद नोट नक्कली हो या होइन भन्ने पुष्टि गर्न काठमाडौं प्रहरी परिसरले राष्ट्र बैंकलाई पत्र काटेको थियो । जवाफमा बैंकले बरामद नोट जारी भएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कार्बाहीको अघि बढाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘अदालतबाट कानुनी कार्बाही प्रक्रिया अन्तिम किनारा लागेपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा (४) मा भएको व्यवस्था बमोजिम सम्पूर्ण नोट यस बैंकमा दाखिला गर्नु पर्नेछ ।’ गत १ जेठमा काठमाडौं–२६, मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भई कमलपोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दिएको पैसामाथि सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्कले बोगटीबाट अनुसन्धान थालेर जाली नोटको कनेक्सन केलाउने क्रममा प्रहरी वाग्लेसम्म पुगेको थियो । कूल दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट प्रहरीले बरामद गरेको थियो । घटनामा वाग्लेसहित अन्य ६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७