यात्रु कोच्ने दुई सय माइक्रो–ट्याम्पो कार्वाहीमा, गृहमन्त्रीको निर्देशनमा शुरु भयो कार्वाही


६ जेष्ठ २०७५, आईतवार
micro 1

काठमाडौं, ६ जेठ । क्षमता भन्दा बढी यात्रु कोच्ने दुई सय माइक्रो र ट्याम्पोलाई आइतबार पक्राउ गरी कार्वाही थालिएको छ । गृहमन्त्री रामहादुर थापा ‘बादल’ को निर्देशनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि ट्राफिक प्रहरीले कार्वाही थालेको हो ।micro 1

आज मात्रै काठमाडौं उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक सवारी कार्वाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीकाअनुसार सबैलाई पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवानामा छाडिएको छ । अपरान्हसम्ममा नै १८९ गाडी कार्वाहीमा परेका थिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कार्वाही गर्न निर्देशन दिएका थिए । त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो ।
‘माइक्रोमा १८ जनाभन्दा बढी चढाउन अब पाइँदैन । यात्रुले पनि यो अभियानलाई बुझिदिनुपर्छ,’मरासिनीले भने,’यसले गाडीभित्र यात्रुले पाउने सास्ती कम हुन्छ ।’ यो अभियानले पाकेटमारी नियनत्रण र सार्वजनिक यातायातमा हुने यौनजन्य दुब्र्यबहारको घटनामा पनि कमी ल्याउने विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७