नापीका सरुवामा बेथितिः सामान्य प्रशासन मन्त्रालयको सहमति विपरीत उपसचिव सरुवा


६ जेष्ठ २०७५, आईतवार
gopi mainali

काठमाडौं, ६ बैशाख । कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली र नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति विपरीत विवादास्पद उपसचिव सुदर्शन धामीलाई राष्ट्रिय भूउपयोग आयोजनामा काजसरुवा गरेका छन् ।

gopi mainali
गोपी मैनाली, सुदर्शन धामी र गणेशप्रसाद भट्ट ।

मन्त्रालयहरुको सांगठनिक संरचना तयार गर्ने कार्य भइरहेका कारण कर्मचारी सरुवा रोकिएको छ । रिक्त भएका ठाउँहरुमा सरुवा गर्नुपर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्छ । तर कृषि, भूमि ब्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले धामीलाई भूउपयोग आयोजनामा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पत्र पठाए ।

सामान्य प्रशासन मन्त्रालयको पत्र नै नकुरी उनलाई बुधबार आयोजनामा सरुवा गरेका छन् । ३ बर्ष चावहिल नापी कार्यालयको प्रमुख भएर पुनः अर्को आकर्षक मानिने भक्तपुर नापी कार्यालयमा सरुवा भएका थिए । भक्तपुरमा ४ बर्ष कार्यरत रही त्यसपछि सीमा नापी कार्यालय कन्चनपुरको प्रमुखमा काजसरुवा भएका थिए । कार्यालय प्रमुखलाई काजसरुवा गर्न नपाउने निजामती सेवा ऐनको प्रावधान छ । तर ऐनको त्यो प्रावधान विपरीत उनलाई कन्चनपुरको नेपाल–भारत सीमा नापी कार्यालयको टोली प्रमुखमा सरुवा गरिएको थियो । सीमा नापीको काम अलपत्र पारी १ बर्ष नपुगी उनलाई पुनः अर्को आकर्षक अरबौं रुपैयाँ बजेट भएको भूउपयोग आयोजनामा सरुवा गरिएको छ ।

भूमिसुधार मन्त्रालयमा बीसौं जना प्रमुख नापी अधिकृत( उपसचिव) छन् । तर धामीलाई मात्र पटक पटक आकर्षक कार्यालय र आयोजनामा ल्याउने मूख्य भूमिका नापी विभागका महानिर्देशक गणेश भट्टले गरेका छन् । भूउपयोग आयोजनामा विभिन्न मन्त्रालयका उपसचिवहरुको बोर्ड छ । उक्त बोर्ड बैठकमा कुरा राख्नुपर्ने हुन्छ । तर धामीलाई चार लाइन नेपाली बोल्न समेत राम्रो नआउने भए पनि आयोजना प्रमुखमा सरुवा गरिएको छ, आजको सौर्य दैनिकमा समाचार छ । अरु थुप्रै क्षमतावान प्रमुख नापी अधिकृत हुँदाहुँदै ठूलै आर्थिक चलखेलमा नापी विभागका महानिर्देशक गणेश भट्टले धामीको सरुवा आयोजनामा गरेको आरोप छ ।
भक्तपुर दरबन्दी भई कन्चनपुर सीमा नापीको पं्रमुखमा कार्यरत प्रमुख नापी अधिकृत धामीले एक महिनाअघि नापी विभागमा दरबन्दी ल्याए । नापी विभागमा दरबन्दी ल्याउनका लागि सामान्य प्रशासन मन्त्रालयले सहमति दियो । विभागमा दरबन्दी ल्याएको एक हप्तामै पुनः भूउपयोग आयोजनामा सरुवाका लागि सहमति मागेपछि सामान्य प्रशासन मन्त्रालयले तुरुन्ता तुरुन्तै एकै ब्यक्तिको पटक पटक सहमति दिन नसकिने भन्दै दिएन ।

सामान्यले सहमति नदिएपछि सरुवा गर्न नमिल्ने भए पनि कृषि, भूमिब्यवस्था सचिव मैनालीले धामीलाई बुधबार सरुवा गरेका छन् । र, प्रमुख नापी अधिकृत धामी नापी विभागको रमाना नै नलिई बुधबारै राष्ट्रिय भूउपयोग आयोजनामा हाजिर गरेका छन् । नियमाअनुसार रमाना लिएर मात्र हाजिर हुन जानुपर्छ । तर धामीले रमाना नै नलिई भूउपयोग आयोजनामा हाजिर गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सहमति माग गरेर सहमति नदिएपछि सरुवा गर्नु नियम विपरीत भएको बताएका छन् । ‘सामान्यले सहमति नदिई सरुवा गर्नु हुँदैन । यो गलत हो । उनले भने ।
प्रमुख नापी अधिकृत धामीले सीमा नापी कन्चनपुरको काम समेत लथालिङ्ग छाडेर हिंडेको आरोप छ । परराष्ट्र मन्त्रालयको बजेटमा सीमा नापी जस्तो संवेदनशील काम गरिरहेका धामीले बुझबुझारथ समेत नगरी फर्किएका छन् ।
धामी चावहिल र भक्तपुरमा हुँदा सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेदेखि जग्गाको हालसाविक(अद्यावधिक) गर्दा घटबढ हुने भन्दै तर्साएर दिनमा लाख घुस असुली गर्ने भनेर चिनिन्छन् । धामीले ३ बर्ष चावहिल, ४ बर्ष भक्तपुर र सीमा नापी कन्चनपुरमा फर्जी नापी कामदार राखेको देखाएर करोडौं भ्रष्टाचार गरेका छन् । त्यही भ्रष्टाचारको रकम घुस खुवाएर उनी नापीका कयौं प्रमुख नापी अधिकृतहरुलाई पछि पार्दै पटक पटक आकर्षक ठाउँमा सरुवा हुँदैआएका छन् । भूउपयोग आयोजनामा भएको उनको सरुवामा महानिर्देशक भट्टले सचिव मैनालीलाई विवादमा ल्याउने काम गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७