मलेसिया जाने कामदार ठगी गर्नेहरु प्रहरीको निगरानीमा, श्रेष्ठ र थपलिया पक्राउ


६ जेष्ठ २०७५, आईतवार
gobinda thapaliya

काठमाडौं, ६ जेठ । बैदेशिक रोजगारीका क्षेत्रमा बायोमेट्रिक प्रणाली खारेज गरेपछि पनि कामदारको स्वास्थ्य परीक्षण गर्न नछोडेपछि सरकारले आइतबार त्यस्ता स्वास्थ्य ब्यवसायीलाई पक्राउ गर्न थालेको छ । वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने ३९ स्वास्थ्य व्यवसायीले ४ बर्षअघि २६सयमा हुँदैआएको स्वास्थ्य परीक्षणबापतको शुल्क १८ हजार ४ सय रुपैयाँ लिंदैआएका छन् । ।

gobinda thapaliya
जीएसजीका संचालक गोविन्द थपलिया ।

भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ र जीएसजीका संचालक गोविन्द थपलिया पक्राउ परेका छन् । प्रहरीले बायामेट्रिकका नाममा ठगी गर्दैआएका ३९ स्वास्थ्य संस्थाका संचालकहरुलाई पनि खोजी गरिरहेको छ । बायोमेट्रिकका नाममा ठगी गर्ने ३९ संस्थाको सिन्डीकेटका अध्यक्ष कैलाश खड्कालाई पनि प्रहरीले ब्यापक खोजी गरिरहेको छ ।
भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनको कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।
मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ असुल्ने काम श्रेष्ठले गर्दैआएका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दैआएकाहरुलाई प्रहरी प्रधान कार्यालयले नै टोली खटाएर खानतलासी गरेको बताएका छन् ।

४ बर्षअघि तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले १० करोड घुस खाएर अवैध बायोमेट्रिक प्रणाली लागू गर्न अनुमति दिएका थिए । मलेसिया जाने कामदार पाइलैपिच्छे ठगिदैआएका थिए । जुन ठगीका विरुद्ध बैदेशिक रोजगार ब्यवसायी संघ र मेडिकल ब्यवसायी संघले विरोध गर्दैआएका थिए । तर टेकबहादुर गुरुङपछिका श्रम मन्त्री सूर्यमान गुरुङ, दीपक बोहराले पनि बायोमेट्रिकका कैलाश खड्काहरुसँग करोडको ब्रिफकेस लिंदै ठगी गर्न छुट दिंदैआएका थिए ।

टेकबहादुरले एकातिर फ्री भिसा फ्री टिकटमा कामदार विदेशमा पठाउने निर्णय गरे भने अर्कोतिर २६ सयमा हुँदैआएको स्वास्थ्य परीक्षण बायोमेट्रिकका नाममा १८ हजार ४ सय रुपैयाँ लिन छुट दिए । बंगलादेशका अमिन नामक ब्यक्तिले नेपालमा फ्री भिसा फ्री टिकट लागू गरेपछि मलेसियन कम्पनीले नेपाली कामदार नलैजाने डिजाइनका साथ टेकबहादुरले त्यसमा पनि ठूलो रकम घुस लिएको आरोप लाग्दैआएको छ । फ्री भिसा फ्री टिकट लागू गरेपछि मलेसियाले नेपाली कामदारको माग घटाउँदै लगेको छ भने बंगलादेशका कामदारको संख्या बढ्दै गएको छ । मलेसियाका युवतीसँग विवाह गरी उतै बस्ने र अपराधीक क्रियाकलापमा लागेपछि बंगलादेशी कामदार लान बन्द गरेको थियो । तर नेपालमा फ्री भिसा फ्री टिकट लागू गरेपछि बंगलादेशी कामदा लान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७