सन्दिपले लिए पहिलो ओभरमै मुम्बईको पहिलो विकेट


६ जेष्ठ २०७५, आईतवार
sandip

 

काठमाडाैं,जेठ ६ । आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दिप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् ।sandip

ओपनिङ बलिङ गरेका सन्दिपले सुर्यकुमार यादवको विकेट लिएका हुन् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।

चौथो बलमा पनि ठुलो शट हान्न खोज्दा उनी विजयशंकरको हातबाट क्याच आउट भए । सुर्यकुमारले सन्दिपको पहिलो बलमा चौका, दोश्रोमा छक्का, तेश्रोमा २ रन लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७