दिल्लीकाे सुखद अन्त्यमा सन्दीपको उत्कृष्ट योगदान, अन्तिम खेलमा ३ विकेट लिए


६ जेष्ठ २०७५, आईतवार
Ddpb 3FVwAEgBRF

काठमाडौं, ६  जेठ  । इण्डियन प्रिमियर लिग(अाइपिएल)मा तालिका पुच्छरमा रहेकाे दिल्ली डेयर डेभिल्सले याे सिजन हारकाे बाबजुद पनि सुखद समाप्ती गरेकाे छ । दिल्ली अन्तिम २ खेलमा जित निकालेकाे छ ।Ddpb 3FVwAEgBRF

मुम्बर्इ इण्डियन्ससँगकाे अन्तिम  खेलमा दिल्लीले ११ रनले पराजित गरे । प्लेअफमा पुग्न जित्नैपर्ने खेल जित्नै पनेर् दबावमा रहेकाे मुम्बर्इ हार प्लेअफ पुग्नका लागि गणतिय सम्भावना मात्र बाँकी छ । यो नतिजापछि राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । यद्यपि, अहिले चेन्नइसंग खेलिरहेको पञ्जावले ठुलो अन्तरको जीत हात पारे पञ्जाव पनि प्लेअफमा पुग्न सक्नेछ ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई खेल सकिन ३ बल बाँकी छँदै १ सय ६३ रनमा अलआउट भयो । मुम्बईका एभिन लेविसले ४८ र बेन कटिङ्सले ३७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् । लेविसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए भने कटिङ्सले २० बलमा २ चौका र ३ छक्का हाने ।
मुम्बइका अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले तीन तीन विकेट लिएपछि मुम्बई पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका ऋषभ पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए ।

ऋषभले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७