विप्लव माओवादीद्वारा वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते


७ जेष्ठ २०७५, सोमबार

झापा, ७ जेठ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गए राति बम विष्फोट गराएका छन् । बिष्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।

bom
सांकेतिक तस्विर

बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हात–खुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । बम इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५ सय मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विष्फोट भएको हो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरी आएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । यहि बीचमा पौडेल निवासमा बम विष्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७