बिमा संस्थानको प्रमुखमा प्रधानमन्त्री ओली निकटका पाठक नियुक्त


७ जेष्ठ २०७५, सोमबार
pathak

काठमाडौं, ७ जेठ । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरिएको छ । मन्त्रीपरीषदको बैठकले झापाका पाठकलाई आगामी तीन बर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।pathak
कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका पाठक प्रधानमन्त्री केपी ओली निकट हुन् । अर्थ मन्त्रालयले जेठ २ गते तीन जनालाई नियुक्तिको लागि सिफारिस गरेको थियो । अर्थ मन्त्रालयका उपसचिव डा. डिल्लीराज अर्याल र बीमा संस्थानकै अभिकर्ता बुद्धकाजी श्रेष्ठलाई सिफारिस गरेको थियो । अर्याल अर्थमन्त्री खतिवडा निकट मानिन्थे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७