मुख्यमन्त्रीको अमेरिका भ्रमणमा सरकारको रोक, भ्रमण सिफारिस अस्वीकृत


७ जेष्ठ २०७५, सोमबार
lalbabu rut

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणममा रोक लगाएको छ । lalbabu rut

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राउत एनजिओको कार्यक्रममा सहभागी हुन अमेरिका जान अनुमति माग्दै पठाएको सिफारिसलाई सरकारले अस्वीकृत गरेको छ । मन्त्रिपरिषदको बैठकले बजेट र संगठनात्मक संरचनामा महत्वपूर्ण काम भइरहेका बेला एनजिओको काममा जान उपयुक्त नदेखिएको ठहर गरेको छ ।

रावत ‘जनरल कन्भेन्सन अफ मधेसी एशोसियसन इन अमेरिका’ को निम्तोमा अमेरिका जाने तयारीमा थिए । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले रावतको भ्रमण अस्वीकृत भएको जानकारी दिएका छन् ।
त्यसैगरी मन्त्रिपरिषद्ले ३३ किलो सुन तस्करी छानबिनसम्बन्धी समितिको म्याद यहि जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ भने मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नेे निर्णय पनि बैठकले गरेको छ ।

बैठकले मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि पारित गरेको छ । झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैंडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर, जोगबुढा र रुपालसम्म पुग्नेगरी एक हजार २ सय किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी सो राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७