छोरी सुत्केरी गराउन हिंडेकी आमाको एम्बुलेन्स पल्टिँदा मृत्यु


७ जेष्ठ २०७५, सोमबार
ambulance accident

सल्यान, ७ जेठ । सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका २ चिलढाले आग्रिखोलामा गए राति १ बजेतिर एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ambulance accident

सुत्केरी गराउने महिलालाई चिलढालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३६ नम्बरको एम्बुलेन्स आग्रिखोला दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनमा बागचौर नगरपालिका–२ चिलढालेकी सुत्केरी गराउने महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छिन् ।

घाइतेहरूमा सुत्केरी महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया रामबहादुर बुढाथोकी छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । एम्बुलेन्स प्राथमिक स्वास्थ केन्द्र थारमारेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७