सरकारको नीति तथा कार्यक्रमको महत्वकांक्षी लक्ष्य, पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर


७ जेष्ठ २०७५, सोमबार
bujet

काठमाठौं, ७ जेठ । सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य राखेको छ ।
सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने उल्लेख छ ।bujet

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइने छ ।’ चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार डलर रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पु¥याइने उल्लेख गर्दै पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।

संघीय संरचनापछि सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले पेश गरिरहेकी छिन् । नीति तथा कार्यक्रममा लोकप्रियताका लागि काम नगर्ने बताउँदै जनताका लागि काम गरेर लोकप्रियता हासिल गर्ने उल्लेख छ । शान्ति र स्थायित्व विकासका लागि प्रमुख शर्त भएको बताउँदै शान्ति र स्थायित्वका लागि काम गर्ने कार्यक्रममा उल्लेख छ । विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरि नीति परिमार्जन गरिनेछ कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७