मेसीले जिते पाँचौ पटक ‘गोल्डेन बुट’, रचे नयाँ इतिहास


७ जेष्ठ २०७५, सोमबार
Messi

काठमाठौं, ७ जेठ । स्पेनको फुटवल टिम बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन् । Messi

बार्सिलोनाले स्पेनिस लिगअन्तर्गत आइतबार रातिको खेलमा रियल सोसिडाडलाई १–० ले हराएपछि मेसीलाई पाँचौ पटक ‘गोल्डेन शु’ पुरस्कार प्रदान गरिएको हो । मेस्सीले २०१७–०१८ को स्पेनिस लिगमा ३४ गोल गर्दै ६८ अंक हासिल गरेका छन् ।

मेस्सीसँगै यो पुरस्कारको दौडमा लिभरपुलका मोहम्मद सलाह र टोटेनहम हटस्परका हैरी काने पनि थिए । सलाहको ३२ गोलबाट ६४ अंक थियो भने हैरीको ३० गोलबाट ६० अंक । अंकका आधारमा दिइने यो पुरस्कारमा मेसीले सबैभन्दा बढी अंकसहित पाँचौ पटक बाजी मारेका हुन् ।

उनले यसअघि अघिल्लो वर्ष (२०१६–०१७) पनि ‘गोल्डेन शु’ पुरस्कार जितेका थिए । यसका अलावा २००९–१०, २०११–१२ र २०१२–१३ को सिजनमा मेसीले यो पुरस्कार आफ्नो पोल्टामा पारेका थिए । मेसी एक मात्र यस्ता खेलाडी हुन् जसले ५ पटक ‘गोल्डेन शु’ पुरस्कार जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७