लामो कपाल सुन्दर बनाउने १० उपाय


७ जेष्ठ २०७५, सोमबार
healthy hair
Portrait of Beautiful Woman with smooth gloss long hair. High quality image.

काठमाडौँ, २७ वैशाख । कपाल लामो भएको कसलाई मन पर्दैन र ? सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । तर लामो कपालको सबैभन्दा ठूलो समस्या भनेको जेलिइरहनु हो । जेलिएर लट्टा परेपछि लामो कपाल भएकाहरू हैरान हुनुपर्छ । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कोर्नुपर्छ ।

healthy hair
 

स्याम्पु र कन्डिसनर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काँइयोले कोरेर अल्झिएका कपाल फुकाउनुपर्छ । यसो गर्दा सुकेपछि कपाल अल्झिने चिन्ता हुँदैन ।  यसका लागि विभिन्न रसायन मिसाइएका सौन्दर्य प्रशाधन प्रयोग गरिन्छन् । रसायनका कारण कपाल बिग्रने गर्छ ।

उपायहरू

ड्राई स्याम्पु
नुहाएलगत्तै ड्राई स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । हेयर स्प्रेले रुखो र चिपचिपे पनि बनाउन सक्छ । यसको प्रयोग ठीक तरिकाले नगर्दा कपाल नासिन सक्छ ।

ड्राई स्याम्पु निकै थोरै मात्र प्रयोग गर्नुपर्छ । ड्राई स्याम्पुले कपाललाई बाक्लो देखाउँछ ।

तेल लगाउने
कहिल्यै तेल नलगाएको कपाल कमजोर हुन्छ । कमजोर कपाल लामो छ भने झर्ने डर बढी हुन्छ । त्यसैले कपाल नुहाउनुअघि सधैँ तेल लगाउनु जरुरी छ ।

हाई पोनी टेल
लामो कपाल हुनेले प्रायः बाँधेर हिँड्दा राम्रो हुन्छ । यत्तिकै खुला छाड्दा हावाले सुक्खा बनाउन सक्छ र जेलिन सक्छ । कसिलो गरी बाँधिरहँदा कपालको जरासम्म हावा खेल्न पाउँदैन । वर्कआउटका वेला पनि कपाललाई माथि लगेर कसिलो गरी बाँध्नु हुँदैन । ‘हाई पोनी टेल’मा बाँध्दा तल्लो भागको कपाल गह्रौँ हुने र जरामा भार पर्ने हुन्छ । हल्का खुकुलो गरेर केही तल्लो भागमै बाँध्नु उत्तम हुन्छ ।

बाँधेर सुत्ने
सुत्ने वेला कपाल खुला छोड्नु अर्को ठूलो गल्ती हो । खुकुलो गरी बाँधेर सुत्नुपर्छ । यसो गर्दा बिहान उठ्दा कपाल जेलिएको हुँदैन । सकेसम्म तकियाको खोल सिल्कको प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

घरेलु उपायहरुमा  
प्याजको रस
प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ । यसले कपाललाई बलियो बनाउँछ । प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ । कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ ।
प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ । त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ ।
प्याज र बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ । यसले कपालमा कन्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ ।
प्याज र नरिवलको तेल
नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ । यसले कपाललाई पोषण दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ । यसबाट टाउकाको मृत कोशिका हट्छन् । यसले कपाल बढाउन मद्दत गर्छ ।
प्याज र मह
कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ । यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
प्याज र कागती
कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ । कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ । यसले कपाल झर्नबाट रोक्छ ।
प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ । प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ । कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७