जुङ्गाको पनि मासिक तलव थाप्छन् कालीबहादुर


९ जेष्ठ २०७५, बुधबार
juga

दाङ, ९ जेठ । जुङ्गा पाल्दा खर्च होला कि आम्दानी । लाटो जवाफ पनि हुन्छ–जुङ्गा त कहिलेकाँही काट्नै पर्छ, कता आम्दानी हुनु, उल्टै खर्च हुन्छ नि । तर, होइन, जुङ्गा पालेर पनि आम्दानी गर्न सकिन्छ । त्यो पनि मासिक तलव नै । नपत्याए दाङ्गका कालीबहादुर बुढाथोकीलाई भेट्दा पत्यार लाग्छ । juga

उनले १२ वर्षदेखि जुँगा पालेर मासिक तलव नै थाप्दै आएका छन् । रुकुमको सिस्ने गाउँपालिका–६, रुकुमकोट घर भएका कालीबहादुर बुढाथोकीले जुङ्गा पालेर १२ वर्षदेखि मासिक तलब बुझ्दै आएका छन् । उनी अहिले घोराही उपमहानगरपालिकामा बस्छन् । घोराहीमा रहेको वेस्टर्न डेललभमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई जुद्ध एण्ड पूर्ण निर्माण सेवाका सञ्चालक पूर्ण भण्डारीले मासिक दुई सय ५० रुपैयाँ तलब दिंदै आएका छन् ।

‘म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलमा बैङकमा आइरहँदा कालीबहादुरले पालेको जुङ्गा देख्दा मलाई रमाइलो लाग्थ्यो’, भण्डारीले भने, ‘नागबेली आकारको उनको काला जुङ्गा देखेपछि मैले खुशीले उनलाई पोत्साहन स्वरुप पैसा दिने निर्णय गरेको हुँ ।’

२०६२ सालदेखि आफूले नियमित रुपमा जुङ्गा पालेबाफत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए । शुरु ५० रुपैयाँबाट मलाई पैसा दिन शुरु गर्नु भएको हो’, उनले भने, ‘अहिले दुई सय ५० रुपैयाँ मासिक तलब उपलब्ध गराउँदै आउनु भएको छ ।’ बुढाथोकी रिटायर नेपाली सेना हुन् । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक एक सय रुपैयाँ जुङ्गाको तबल खाने गरेका थिए । भण्डारीले बुधबार बुढाथोकीलाई बैङ्कमा भेटर ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७