सन्नी लियोनीले धिक्कारिन् आफ्नै जीवनलाई, रुँदै यस्तो लेखिन्


११ जेष्ठ २०७५, शुक्रबार
sun

काठमाडौं, ११ जेठ । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले आफ्नो बिहिबार इन्स्टाग्राममा एउटा फोटो शेयर गरेर अतितलाई सम्झेर रोएको भनी क्याप्सन लेखेकी छिन् ।sun

सन्नीले लेखेकी छिन्, ‘आज राति मेरो मन हजार पटक टुट्यो । सायद आज राति बगाएको हजारौं आँशु एक पटक पुनः तड्पिन, याद गर्न, खेद जताउन चाहन्छ र आफूलाई एक पटक पुनः आफैंको नजिक राख्न चाहन्छ । फर्केर आउँदैनन् पूराना दिन तर मनमा भने सधैं रहि रहनेछ । मैले जुन बाटो रोजें त्यसका लागि करणजीतकौर दोषी छ ।’

स्मरण रहोस्, करणजीत कौर सन्नी लियोनको वास्तविक नाम हो । पोर्न इण्डष्ट्रिमा प्रवेश गर्नुअघि उनलाई यही नामले चिनिन्थ्यो । यद्यपी, सन्नी लियोनको उक्त मेसेज कसको लागि थियो भन्ने स्पष्ट छैन । तर पोष्टमा आएको कमेन्टले उनलाई आफ्नो आमा बुवा गुमाएकोमा पछुतो भएको संकेत गर्छ । सन्नीले आफ्नो डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा बताएकी छिन, ‘जब मैले एडल्ट म्यागजिन पेन्ट हाउसका लागि पहिलो पटक पोज दिएँ तब मेरो आमा बुवा जीवित हुनुहुन्थ्यो । उहाँहरुलाई यसबारे थाहा थिएन किनभने घर वरिपरिको सबै पसलबाट त्यो म्यागजिन किन्दथें ।’

यति मात्र होइन, आमाको मृत्युका लागि सन्नी आफूलाई जिम्मेवार ठान्छिन् । उनले आफ्नो डकुमेन्ट्रीमा यसको कारण बताउँदै भनिन्, ‘मैले आमालाई आफ्नो आँखा अगाडि मरेको देखें । मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएको थिएँ त्यसपछि उहाँ सुत्न जानुभयो । कहिलेकाँही म सोच्नु कि मेरो अन्तिम डोजले नै उहाँको ज्यान लियो । उक्त औषधि खाएको केही बेरपछि नै मृत्यु भएको थियो ।’ एजेन्सीsun1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७