गृह जिल्लाको विमानस्थलमै घेरिए क्रिकेटर सन्दिप


११ जेष्ठ २०७५, शुक्रबार
sandip samichane

चितवन, ११ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दिप लामिछाने शुक्रबार गृह जिल्ला चितवन आएका छन् ।sandip samichane

सन्दिपलाई लिन बुवा चन्द्रनारायण भरतपुर विमानस्थलमा पुगेका थिए । बुवासँगै थिए सन्दिपकी दिदी इन्दु र भिनाजु अनिल न्यौपाने । सन्दिप यिनै दिदी इन्दुको रजहरस्थित घरमा बसेर नारायणगढमा क्रिकेट सिक्न आउँथे । सन्दिपलाई लिन पुगेका वुवा चन्द्रनारायणले छोराको सफलतामा बधाइ दिदै खुशी व्यक्त गरे । विमानस्थलभित्रै बसेर लामिछानेले आफ्ना परिवारजनसँग केहीबेर कुराकानी समेत गरे ।

सन्दिपको स्वागतमा विमानस्थलमै फ्यानहरुको ठूलो भिड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने समर्थकहरुको तछाड–मछाड नै चलेको थियो । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सन्दिपले अबको एक हप्तापछि बेलायतको लर्डस मैदानमा हुने विश्व ११ र वेष्टइन्डिजविरुद्धको खेलमा नेपालबाट सहभागी हुन पाउनु आफैमा गर्वको विषय भएको बताए । उनले यो खेल खेल्नका लागि आफू उत्साहित बनेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७