छोराका कारण बदनाम हुँदै गृहमन्त्री थापा

ठगीमा मुछिएका कमल बस्नेतलाई पक्राउ नगर्न दबाब


१२ जेष्ठ २०७५, शनिबार
home ministry copy

काठमाडौं, १२ जेठ । गृहमन्त्री रामबहादुर थापा बादल छोरा प्रतीक थापाका कारण बदनाम हुँदै गएका छन् । गृहमन्त्री पुत्र थापाकै दबाबमा याख्खा ओभरसिजका संचालक कमल बस्नेतलाई पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली रित्तो हात फर्किएको छ ।

home ministry copy
प्रतीक थापा

प्रहरी टोलीले बुधबार महाराजगञ्जस्थित याख्खा ओभरसिजका सञ्चालक भीम रोका र कमल बस्नेतलाई गएको थियो । तर प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न बाटोमा गइरहेको बेला गृहमन्त्रीका छोरा प्रतीक थापाले अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई फोन गरेपछि बीच बाटोबाटै फर्किनुपरेको थियो । बस्नेत अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेतका छोरा हुन् ।

याख्खा ओभरसिज बस्नेत र भीम रोकाको पार्टनरसीपमा संचालन हुँदैआएको छ । दीप बस्नेतले अख्तियारमा हुँदा तर्साउँदै असुली गरेको रकमबाट छोरा कमल बस्नेतले म्यानपावरदेखि होटल र पार्टी प्यालेसमा लगानी गरेका छन् ।
भीम रोकालाई ठगी अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिए पनि बस्नेतलाई गृहमन्त्रीपुत्र थापाले घुस लिएर पक्राउ गर्नबाट रोकिएपछि ठगीको अनुसन्धानमै असर पर्ने भएको छ ।
रोकासँगै साझेदारीमा म्यानपावर संचालन गर्दैआएका संचालन गर्दैआएका अख्तियार पूर्वप्रमुख दिप बस्नेतका छोरा कमललाई प्रहरीले फरार भनेको छ । तर उनलाई पक्राउ नगरी फरार भनेर जोगाउने काम गृहमन्त्री पुत्रले गरेका छन् । गृहमन्त्री पुत्रका कारण गृहमन्त्री थापा पछिल्लो समयमा प्रहरीका सरुवा बढुवामा पनि मुछिएका छन् । पुत्रमोहकै कारण गृहमन्त्री थापाले डीआइजी सरुवादेखि एसपी सरुवामा बदनामहरुलाई च्यापेको आरोपको सामना गर्नुपरेको छ ।

महानगरीय आयुक्त कार्यालयको निमित्त आयुक्तमा डीआइजी मनोज न्यौपाने, सीआइबीमा नारायण खड्कादेखि कास्कीको एसपीमा ओम राना र सिन्धुलीमा रामेश्वर रायको सरुवा त्यसका उदाहरण हुन् । डीएसपीबाट एसपी बढुवामा पनि गृहमन्त्री पुत्रले अनावश्यक चलखेल गरेको आरोप छ । माओवादी पंक्तिबाटै गृहमन्त्री थापालाई छोरालाई लगाम लगाउन दबाब परेको छ । माओवादीमै प्रतीक थापाको चलखेल र बदनामहरुसँगको उठबसबारे टिकाटिप्पणी हुन थालेपछि गृहमन्त्री थापा उनलाई स्वकीय सचिवबाटै हटाउने निष्कर्षमा पुगेको स्रोतले बताएको छ । प्रतीक थापाले गृहमन्त्री थापाका स्वकीय सचिवको भूमिका समेत पूरा गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७