सामसुङले एप्पललाई ५७ अर्ब क्षतिपूर्ति दिने


१२ जेष्ठ २०७५, शनिबार
apple and samsung

एजेन्सी, काठमाडौं १२ जेठ । दक्षिण कोरियाली कम्पनी समसुङले अमेरिकी कम्पनी एप्पलाई क्षतिपूर्ति बापत ५७ अर्ब तिर्ने छन् । सन् २०११ मा आफ्नो डिजाइन सामसुङले चोरेको भन्दै एप्पलले अमेरिकी अदालतमा मुद्दा दिएको थियो । ७ वर्षदेखि चलेको मुद्दामा समासुङले एप्पलको डिजाइन चोरेको ठहर गर्दै एप्पलको पक्षमा फैसला भएपछि सामसुङले क्षतिपूर्ति बापत ५७ अर्ब तिर्नु पर्ने छ ।

apple and samsung
तस्बिर: गुगल

७ वर्ष अगाडी एप्पलले आइफोनको तीनवटा डिजाइन पेटेन्ट र दुईवटा युटिलिटी पेटेन्ट सामसुङले चोरको आरोप लगाएको थियो । त्यही बेला समासुङले डिजाइन चोरेको ठरह गर्दै अमेरिकी अदातले एप्पलको पक्षमा फैसला सुनाएको थियो । तर, समासुङले क्षतिपूर्ति बढी भएको भन्दै पुनरावेदन गरेको थियो ।

फेरी ७ वर्षपछि पुन सामसुङले मुद्दा हारको हो । त्यति बेला अमेरिकी अदातले क्षतिपूर्ति बापत १ अर्ब डलरको फैसला सुनाएको थियो । केही क्षतिपूर्ति घटाएर माथिले अदालतले एप्पलकै पक्षमा मुद्दा फैसला गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७