सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने


१२ जेष्ठ २०७५, शनिबार
sandip car

 

काठमाडौं, जेठ १२ । गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो।sandip 1

सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो। नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ।

कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएको सिप्रदी ट्रेडिङ प्रालीको सेल्स र मार्केटिङका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले जानकारी दिए।

सन्दिप लामिछानेले पाउने भए कार, बने ब्राण्ड एम्बेसडर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७