सेञ्चुरी बैंकमा गोली चल्यो, पैसा निकालेर निस्कँदै गरेकालाई लाग्यो गोली


१३ जेष्ठ २०७५, आईतवार
century bank 20180527045233

धनगढी, १३ जेठ । प्रदेश नम्बर–७ को राजधानी धनगढीस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ । धनगढीको ट्राफिक चोक नजिकै रहेको सेञ्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

century bank 20180527045233
बैंकमा गोली चलेपछि लागेको सर्वसाधरण्को भीड । तस्विर : नवराज धानुकको फेसबुकबाट

वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो । घाइते ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको मल्लको अनुमान छ । लुटपाट भए नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७