आइजीपी खनालले गरे मध्यराति एसपीको सरुवा, विवादितलाई दिइयो महत्वपूर्ण जिम्मेवारी


१३ जेष्ठ २०७५, आईतवार
shailendra khanal igp

काठमाडौं, १३ जेठ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले मध्यराति एसपीहरुको सरुवा गरेका छन् । आइजीपी खनालको हस्ताक्षरमा मुख्यालयले शुक्रबार मध्यराति एसपीहरुको सरुवा गरेको हो ।shailendra khanal igp

सशस्त्रले गरेको एसपीहरुको सरुवा बिवादित पृष्ठभूमिका र जुनियरहरुलाई कमाण्ड दिइएको गुनासो बढेको छ भने वरियतामा अघि रहेका र अधिकृतहरुलाई जिम्मेवारी दिइएको छैन् । आइजीपी खनालले प्राविधिक पृष्ठभूमिका र लामो समयदेखि काठमाडौंमै रहेका एसपी वेनुप्रसाद पाठकलाई कीर्तिपुरस्थित कालिञ्चोक भगवती गणको गणपति बनाएका छन् । पाठक पूर्व आइजीपी कोषराज वन्त हुँदा समेत काठमाडौंमा नै गणपतिको रुपमा कार्यरत थिए ।

त्यसैगरी अर्का एसपी रोशन श्रेष्ठलाई समेत खनालले भद्रकाली गण पिलुवाको जिम्मेवारी दिएका छन् । उनि वेसपति हुंदा कपिलवस्तुको कृष्णनगरमा सशस्त्रका सिंपाही हतियारसहित भागेका थिए । तत्कालिन आईजिपी वन्तको संरक्षणमा श्रेष्ठले पूर्वमा गुल्मपतिका रुपमा काम गरेका थिए ।

यस्तै एसपीको पदस्थापनमा पनि वरियतामा पछि रहेका एसपी पुरुषोत्तम थापालाई उपत्यका हेर्ने महत्वपूर्ण जिम्मेवारी दिइएको छ । थापालाई गुह्वेश्वरी गण दुवाकोटको जिम्मेवारी दिइएको छ । उनी यसअघि डिएसपी हुँदा वाघभैरव गुल्मको गुल्मपतिका रुपमा कार्यरत थिए । थापालाई पनि तत्कालीन आइजीपी वन्तले नै उक्त जिम्मेवारी दिएका थिए । सशस्त्र प्रहरीको एसपीहरुको सरुवा र पदस्थापनामा समेत भ्रष्टाचारको आरोपमा बर्खास्तीमा परेका वन्तको शक्तिले काम गरेको चर्चा सशस्त्र मुख्यालयमा चलेको जानकार बताउँछन् । आइजीपी खनाल समेत वन्त निकट अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७