राष्ट्र बैंकले निकाल्यो ४ सय ७६ अर्ब नयाँ नोट


१३ जेष्ठ २०७५, आईतवार
Nepal Rastra bank

काठमाडौं, १३ जेठ । राष्ट्र बैंकले ४ सय ७६ अर्ब नोट निष्कासन गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको बैशाखसम्मको मासिक वासलातमा नोट निष्कासन बढेको देखाएको हो ।Nepal Rastra bank

नेपाल राष्ट्र बैंकले गत वैशाखसम्म नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले नोट निष्कासन बढाएर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पु¥याएको हो । गत चैतमा केन्द्रीय बैंकले ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । १ महिनामा झण्डै २ अर्ब रुपैयाँ बढी नोट निष्कासन गरेको राष्ट्र बैंकले जनाएको छ ।

निष्कासन गरिएकोमध्ये ४ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ चलन चल्तिमा रहेका छन् भने केन्द्रीय बैंकसँग ९ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको नोट मौज्दातमा छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको बैशाखसम्मको मासिक वासलातमा नोट निष्कासन बढेको देखाएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्दछ ।

केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ । केन्द्रीय बैंकमा सरकारको वचत रकम २ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ छ । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । विकास खर्च बढेकाले सरकारको कोष घट्दै गएको राष्ट्र बैंकले जनाएको हो । केन्द्रीय बैंकमा वाणिज्य बैंकको १ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७