गोली हानेर ९ लाख लुट्ने आधा घण्टामै पक्राउ


१३ जेष्ठ २०७५, आईतवार
pakrau 1

धनगढी, १३ जेठ । कैलालीमा एक आइएमई कर्मचारीलाई गोली हानी ९ लाख लुट्ने दुई जनालाई प्रहरीले आधा घण्टा नबित्दै पक्राउ गरेको छ । नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।pakrau 1

उनीहरुबाट एक थान मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । यद्यपि लुटपाटमा संलग्न हुन्–होइन भन्ने कुरा अनुसन्धान पछि मात्रै पुष्टि हुने एसपी घिमिरेले जानकारी दिएका छन् । बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मलकुमार कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर भागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७