कहाँ छन् गोरेका तीन थान हतियार ?


१३ जेष्ठ २०७५, आईतवार
gore 2 20180522071740
फाइल फोटो

काठमाडौं, १३ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुँडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरेको हतियार फेला परेको छैन ।gore 2 20180522071740

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजीरहेको छ । स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए । विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी शुरु गर्ने गरेको स्रोतले जनाएको छ ।

साढे ३३ किलो सुनका मालिक भनिने एमके (मोहनकुमार) अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेका थिए । ३३ किलो सुन गायव भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटक–पटक मानसिक यातना दिएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७