एसपीका सामु आइजीपीले घुँडा टेके


१३ जेष्ठ २०७५, आईतवार

काठमाडौं, १३ जेठ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई एक एसपीले झुक्न बाध्य पारेका छन् । प्रहरी प्रधान कार्यालयले २०७४ बैशाख २३ मा गरेको ७९ एसपीको सरुवा निकालेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी हृदय थापालाई सर्लाही सरुवा गरिएको थियो ।

final igp sarbendra khanal

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेले थापालाई चितवन वा कास्कीमा सरुवा गर्न आइजीपी खनाललाई भनेका थिए । तर कास्कीमा रक्तचन्दन तस्करीमा मुछिएका ओम राना र चितवनमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सुशीलसिंह राठौरलाई सरुवा गर्न निर्देशन दिएपछि अख्तियारका कार्यवाहक प्रमुख आयुक्तको निर्देशन पालना गर्न आइजीपीले सकेनन् । एसपी हृदय थापालाई सर्लाहीमा सरुवा गरे । तर सर्लाहीमा सरुवा भएका थापाले जान अस्वीकार गरे । उनको सरुवा रद्द गर्न आइजीपी बाध्य भए ।

आइजीपी खनालले थापा नजाने भएपछि सर्लाहीमा एसपी पोषराज पोखरेललाई सरुवा गरेका छन् । उनी सर्लाहीमा हाजिर भइसकेका छन् । एसपी थापाले आइजीपी खनाललाई झुक्न बाध्य बनाएको चर्चा प्रहरी हेडक्वाटरमा हुन थालेको छ । लोकमानसिंह कार्कीले प्रहरीका सरुवा बढुवामा चर्को हस्तक्षेप गरी आफूले भनेअनुसार गरेका थिए । सरुवा बढुवाको सूची नै प्रहरी हेडक्वाटरले अख्तियारमा बुझाएपछि मात्र निकाल्ने गरेको थियो । तर अहिले प्रहरीले प्रमुख आयुक्तले भनेको एक एसपी पनि दुई जिल्लामध्ये एउटामा पनि सरुवा गरेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७