इजलासमै गोरेले सोधे, ‘सनमलाई रुखमा बाँधेर कुटेको भिडियो चाँही खोइ ?’


१३ जेष्ठ २०७५, आईतवार
gore don

काठमाडौं, १३ जेठ । ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुँडामणि उप्रेती (गोरे) ले मोरङ्ग अदालतको इजलासमा न्यायाधीससँग ‘सनमलाई रुखमा बाँधेर कुटेको भिडियो चाँही खोई छैन ?’ भनेर सोधेका छन् ।gore don

आइतबार मोरङ जिल्ला अदालतको इजलासमा सनमलाई यातना दिएको भिडियो देखाएपछि गोरेले इजलासमा न्यायाधीसँग यस्तो प्रश्न गरेका हुन् । उनले इजलासमा देखाएको भिडियो खिच्नेले अरु थुप्रै खिचेको बताएका छन् । सरकारी वकिलका तर्फबाट आइतबार यातना दिएको भिडियो इजलासमा देखाउँदै त्यस विषयमा आरोपी गोरेसँग बयान लिइएको थियो । न्यायाधीश नारायणप्रसाद शर्मा र इजलास अधिकृत र सुरक्षाकर्मी मात्र उपस्थित इजलासमा गोरेले यातना दिइएका अरु थुप्रै भिडियो रहेको बताएका हुन् ।

उनले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरे पनि आफू मुख्य नाइके नभएको दाबी गरेका छन् । अदालतमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’ छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । को को संलग्न छन् मलार्य पनि सबै थाहा छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७