प्रदेश–३ को नाम ‘नेपाल मण्डल’


१३ जेष्ठ २०७५, आईतवार
1527421289bookfinal

भक्तपुर, १३ जेठ । प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासदहरुले जनाएका छन् । भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद बसन्त मानन्धरले प्रदेश–३ को नामको विषयमा यस्तो जानकारी खुलासा गरेका हुन् ।1527421289bookfinal

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका सभासद मानन्धरले राजधानीलाई हेटौडाबाट अन्यत्रै सर्ने संकेत गर्दै प्रदेश नामाङ्करणको तयारी विषयमा यस्तो पूर्व जानकारी दिएका हुन् । यसको लागि तत्कालीन एमाले पार्टीभित्र पनि प्रदेश–३ को नाम ‘नेपाल मण्डल’ राख्न औपचारिक प्रस्ताव पेश भइसकेको छ ।

लिच्छवी राजा मानदेवभन्दा अघिदेखि नै अहिलेको ३ नम्बर प्रदेश ‘नेपाल मण्डल’ नामले चिनिने पनि उनले बताएका छन् । यो नामले १३ जिल्लाको पहिचान समेत झल्काउने भएर यहि नाम सर्वसम्मत हुने देखिएको उनको दावी छ । स्वयम्भू पूराणको आधारमा पनि प्रदेश ३ अन्तर्गतका जिल्लाहरुलाई ‘नेपाल मण्डल’ नाम राख्दा सम्पूर्ण जिल्लाको पहिचान झल्किन्छ ।

तत्कालीन पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिँदा नेपाल मण्डललाई छुट्टै प्रदेश मानेको थियो । भूगोलको सन्दर्भमा पनि प्रदेश नम्बर–३ को नाम ‘नेपाल मण्डल’ उपयुक्त हुने भएर अधिकांश सभासदहरु प्रदेश तीनलाई ‘नेपाल मण्डल’ नाम राख्न सकारात्मक देखिएको उनको बुझाइ छ । घोषणा सभाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय नव निर्वाचित पदाधिकारीहरुलाई सार्वजनिक गरेको छ । प्रथम उपाध्यक्ष बाबुकाजी मानन्धर, द्वितीय उपाध्यक्ष रामबहादुर मानन्धर, सचिव ज्ञानेन्द्र मानन्धर, कोषाध्यक्ष वर्तराम मानन्धर तथा अन्य पदाधिकारीहरु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७